Incident Reports

विप्लवका पाँच कार्यकर्ता पक्राउ

2017-11-11

निर्वाचनको शान्ति सुरक्षा खल्बल्याउन सक्ने भन्दै गोरखाको स्थानीय प्रशासनले विप्लब नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई पक्राउ गर्न सुरु गरेको छ । पहिलो चरणमा शनिबार राति गोरखाका पाँच कार्यकर्ता पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए । अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट र कपिल भट्टलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । देशका विभिन्न ठाउँमा एम्बुस थाप्ने, बम पड्काउने गतिविधि बढ्न थालेपछि थप दुर्घटना हुन नपाओस् भन्ने उद्देश्यले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयकै निर्देशनमा पक्राउ गरिएकाले माथिकै निर्देशन अनुसार छाडिने उनले बताए । अन्य नेता, कार्यकर्तालाई पनि तीब्र खोजी गरिएको एसपी अधिकारीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports