Incident Reports

चुनावको मुखैमा विष्फोटक पदार्थको आतंक

2017-11-11

Karnali, Surkhet, Panchpuri, Ward 11

RSS प्रहरीले सुर्खेतमा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको छ। निर्वाचन नजिकिँदै जाँदा बम बनाउन प्रयोग हुने विष्फोटक पदार्थ बरामद भएको हो। कैलालीबाट भित्रिएको उक्त विष्फोटक पदार्थ प्रहरीले सुर्खेतको पञ्चपुरी–११ ढुंगेबजारबाट बरामद गरी शनिबार सार्वजनिक गरेको हो । सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यका अनुसार विष्फोटक पदार्थ डेटोनेटर, जिलेटिन र फ्युजवायर बरामद गरिएको छ। प्रहरीले एउटा मोबाइल सेटसहित नेपाली र भारतीय सिमकार्डसमेत बरामद गरेको छ। विशेष सुराकीको आधारमा शुक्रबार उक्त सामग्री ध १ च १०६ नम्बरको जिपबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बम बनाउन प्रयोग हुने डेटोनेटर ६० थान, जिलेटिन ५६० र त्यसमा प्रयोग हुने तार ११ मिटर बरामद गरिएको एसपी आचार्यले बताए। उनका अनुसार जिल्लामा प्रहरीले पहिलोपटक ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको हो। जिपका चालकलाई नियन्त्रणमा लिए पनि विष्फोटक पदार्थ कसले ल्याएको हो भन्ने खुल्न सकेको छैन। त्रास फैलाइ निर्वाचन बिथोल्न विष्फोटक पदार्थ ल्याइएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार प्रेसर कुकुर र सुतली बम बनाउन यी सामग्री प्रयोग हुने गरेका छन्। केहीदिन अघि सुर्खेतमा इलाका प्रहरी कार्यालय छिन्चुले पाँच थान बम बनाउने डेटोनेटरसहित पूर्वलडाकुसमेत रहेका जाजरकोटका दलबहादुर कामीलाई पक्राउ गरेको थियो। जिल्लाका विभिन्न नाकाबाट विष्फोटक पदार्थ भित्रिन थालेपछि प्रहरीले चेकजाँचमा पनि कडाइ गरिएको जनाएको छ। निर्वाचन बिथोल्ने गिरोह नै सक्रिय भएको भन्दै प्रहरीले यसमा कडा निगरानी बढाइएको जानकारी दिएको छ। उक्त गिरोहको खोजीका लागि प्रहरी परिचालन गरिएको एसपी आचार्यको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments

Related Reports