Incident Reports

पत्नीको गुप्ताङ्गमा तेजाब हालेर पति फरार l

2013-06-25

Madhes, Saptari, Saptakoshi

Manohar Kumar Pokharel सप्तरी । ०७० असार ११ गते बकधुवा गाविस-७ महुलीका ४८ वर्षीय कृष्णबहादुर विश्वकर्माले तेजाब हालेर घाइते भएकी पत्नी ३० वर्षीया बद्रीमाया विश्वकर्मा असार ११ गते राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी छिन् । रायपुर गाविसस्थित युनिक अस्पतालले रेफर गरेपछि बद्रीमाया असार ११ गते अपरान्ह सगरमाथा अञ्चल अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ । छिमेकी पुरुषसँग बोलेकोमा आफ्नो चरित्रमाथि लाञ्छना लगाउँदै कुटपिट गर्ने पति कृष्णबहादुरले ०७० जेठ २८ गते राती १२ बजे सुतिरहेको बेला योनीमा तेजाब हालेर फरार भएको पीडितले बताइन् । सख्त घाइते भएकी बद्रीमायाको उपचारका लागि स्थानीय महिलाहरूले पाँच हजार रुपियाँ चन्दा सङ्कलन गरी जेठ २९ गते युनिक अस्पतालमा भर्ना गरेको र युनिक अस्पतालले रेफर गरेपछि असार ११ गते अञ्चल अस्पताल भर्ना गरेको बकधुवा गाविस-९ की कुसुम आचार्यले बताइन् । घटनाका बारेमा महुली प्रहरी चौकीमा उजुरी परेको र फरार कृष्णबहादुरको खोजी भइरहेको सई राजेश सुवेदीले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis