Incident Reports

कांग्रेस हराउन मतदातालाई पैसा बाड्दा बाड्दै रंगेहात समातिए एमाले सांसद

2017-11-08

Sudurpashchim, Doti, Shikhar

दोस्रो संविधान सभामा एमालेको तर्फबाट सभासदमा विजयी भएका प्रेमबहादुर आले मगरले डोटी जिल्लामा विपक्षी दल नेपाली कांग्रेस बलियो भएपछि पराजय हुनबाट जोगिन मतदाताहरूलाई आर्थिक प्रलोभनमा पारेको खुलासा भएको छ । मतदाताहरूलाई कागज गराएर पैसा वितरण गर्दै गरेको अवस्थामा स्थानीयले एमालेको तर्फबाट डोटी जिल्लामा प्रतिनिधि सभा उम्मेदवार आले रंगेहात स्थानीयले फेला परेका हुन् । जंगल फडानीको मुद्दा झेल्दै आएका एमालेका निवर्तमान सांसद आलेले संसद विकास कोषको रकम हिनामिना गरेको अरोप स्थानीयले लगाएका छन् । अनियमितता र भ्रष्टाचार तथा जनताको काम नगरेको भनेर आलोचित हुँदै आएका आलेलाई यसपटक नेपाली कांग्रेसले टक्कर दिएको छ । कांग्रेसका उम्मेदवारसँग पराजित हुने डरले एमाले उम्मेदवार आलेले गरिव र सर्वसाधारण मतदाताहरूलाई आर्थिक प्रलोभनमा पर्न थालेको स्रोतको भनाइ छ । मंसिर १६ गते डोटीको बडीकेदारको जात्रामा आएका सर्वसाधारणलाई शिवको मूर्तिमा हात राखेर आफूलाई भोट हाल्ने कसम खुवाएको तिर्थालुहरूले आरोप लगाएका छन् । उनले मन्दिरमा शिवको मूर्ति किनिदिएका हुन् । यसपटक प्रतिनिधि सभामा पराजित भएमा शिवको मूर्ति फेरि उखालेर लैजानेसम्मको चेतावनी आलेले दिएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ६ गाँजरीका चन्नरी भण्डारीका छोराको उपचार गर्ने आश्वासन दिएका आलेले पीडित परिवारसहित गाउँलेहरूले आफूलाई मतदान गर्नुपर्ने सर्त राखेको स्रोतको भनाइ छ । पैसा दिने बेला भोट दिनेपर्ने भन्दै सर्वसाधारणसँग कागज गरेका एमालेले नेता आलेको जिल्लाभरि विरोध हुँदै आएको छ । डोटी जिल्लाबाट निर्वाचनमा प्रतिस्पर्धा गरे पनि एमालेका नेता आलेले काठमाडौंको तीनकुनेमा आलिसान घर बनाएका छन् । उनी सोही घरमा सपरिवार बस्दै आएका छन् । यस्तो छ आलेको दाबी मतदातालाई प्रभावित पार्नेगरी पैसाको विटो दिइरहेका आलेले चुनावी अभियानका क्रममा डोटीको सानागाउँ निवासी एच आईभी संक्रमित चनरी देवी भण्डारीका ७ वर्षीय छोरा कर्ण भण्डारीको उपचारको लागि व्यक्तिगत ११ हजार आर्थिक सहयोग गरेको बताए । जिल्ला अस्पताले चेकजाँचका क्रममा पिसाव नलीमा खराबी देखिएको र ३ लाख खर्च लाग्ने भनेपछि भण्डारीको उपचारका लागि स्थानीयले नै आर्थिक सहायता संकलन गरेका थिए । स्थानीयले संकलन गरेको रकममै आफुले ११ हजार दिएको निवर्तमान सांसद आलेमगरको दाबी छ । उनले भने, ‘मैले मत प्रभावित पार्न सहयोग गर्ने भन्ने विषय चुनाव हार्ने मानसिकताका व्यक्तिहरुले अनर्गल प्रचार गर्न खोजेका हुन् । ३० हजार ३ सय स्थानीयले नै संकलन गरेका थिए । त्यसमा मैले ११ हजार दिएँ । त के विग्रियो ? त्यसो त म अहिले मात्रै होइन हिजो सांसद हुँदा र नहुँदाबा बखत पनि निरन्तर विपन्नहरुलाई सहयोग गर्दै आएको हुँ । काठमाडौँ मै हुँदा पनि मैले उपचारका लागि धेरैलाई सहयोग गरे । उपचारका क्रममा पैंँसा सकिएपछि घर फर्किने पैंसा नभएका विरामीलाई मैले एम्बुलेन्स नै बुक गरेर घर पठाएको थिए ।’ चुनावको बेला यसरी सहयोग बाँड्दा के सन्देश जान्छ, आचारसंहिताको पनि लाग्ला ? जवाफमा उनले भने, ‘यो नागरिकले गरेको सहयोग हो । स्थानीयले संकलन गरेको रकम हस्तान्त्रण गरिएको हो । पहिले त म पनि एउटा नागरिक हुँ । मैले यसमा नागरिकको कर्तव्य निभाएको हुँ । मैले उम्मेदवारका हैसियतले सहयोग गरेको होइन ।’ मैले सहयोग गरेको भण्डारी भाइको बुबा छैनन्, आमा पनि रोगी हुनुहुँदो रहेछ, उनले भने, ‘अतिनै विपन्नहरुलाई उपचारका लागि सहयोग गर्दा अनावश्यक प्रचार गरिनु हुँदैन । उपचार नपाई कसैले ज्यान गुमाइसकेपछि समवेदना दिनुको के अर्थ ? कतिपय अवस्थामा मानवीय धर्म पनि निभाउनु पर्ने हुन्छ ।’ यस्तो सहयोग आज मात्र होइन निरन्तर हुँदै आएको हो । आलेमगरको डोटीमा कांग्रेसका उम्मेदवार वहालवाला यातायातमन्त्री बीरवहादुर बलायरसँग प्रतिस्पर्धा हुँदैछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports