Incident Reports

No translation available.

2013-06-25

Ramesh Prasad Timilsin ललितपुर । ०७० असार ११ गते गत जेठ ३० गते वीर अस्पतालको गेटबाट जबरजस्ती मानसिक अस्पताल लगनखेल पुर्‍याइएका गोर्खा फुजेल-७ का द्वन्द्वपीडित दम्पती नन्दप्रसाद अधिकारी र पत्नी गङ्गामाया अधिकारीलाई अस्पतालमा राखिएको ११ दिन नाघिसकेको छ । अस्पताल प्रशासनको गतिविधिले उनीहरूको मानसिक रोगका कारण भन्दा पनि विरोधलाई मत्थर बनाउने नियतले मानसिक अस्पताल पुर्‍याएको शङ्का बढ्न थालेको छ । उनीहरूलाई त्यहाँ गरिएको व्यवहार राम्रो भए नभएको अनुगमन गर्न जाने अधिकारकर्मी तथा सञ्चारकर्मीलाई असार १० गतेबाट प्रवेशमा रोक लगाएपछि उनीहरूको अवस्था कस्तो छ भन्ने अन्यौल सिर्जना भएको हो । असार ८ गते अस्पतालमा रहेका द्वन्द्वपीडित दम्पतिले लठ्याउने औषधी बाहेक नदिएको बताएका थिए । उनीहरूले भने-'भोक लाग्ने र लठ्याउने औषधी दिएर हामीलाई जबरजस्ती खुवाउन खोजेका छन् ।' ती दम्पतिले गत माघ २२ गतेदेखि अन्न नखाई अनसन बस्दै आएको र गत जेठ २४ गतेदेखि पानी तथा फलफूल पनि नखाएका अनसन बसेका कारण माओवादी पार्टी तथा सरकारलाई दवाव परेपछि जबरजस्ती मानसिक अस्पताल ल्याएर राखेको आरोप लगाएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले दम्पतीको अवस्थाका बारेमा तीन दिनभित्र जानकारी गराउन असार ८ गते पत्राचार गरिसकेको छ । यसअघि आयोगका अध्यक्षलगायत पदाधिकारीहरूले प्रशासक, प्रहरी तथा अस्पतालका निर्देशकलाई आयोगमा नै बोलाएर स्पष्टिकरण लिइसकेका छन् । अधिकारी दम्पती २०६१ जेठ १४ गते हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको मागगर्दै लामो समयदेखि आन्दोलनरत छन् । उनीहरू आफूहरूले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports