Incident Reports

कैलालीको धनगढीबाट एक युवक पेस्तोलसहित पक्राउ

2017-11-16

Sudurpashchim, Kailali, Dhangadhi, Ward 7

कैलालीको धनगढीबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बोरिङ नजिकबाट धनगढी ८ बस्ने २२ वर्षीय राकेश चौधरीलाई बुधबार राती साढे ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट एक थान पेस्तोल बरामद भएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाको टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको थापाले बताए । चुनावमा उम्मेदवारलाई लक्षित गर्दै आक्रमण भइरहेको बेला सुरक्षा सतर्कता बढाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले धनगढीमै रहेकाले प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।
National/Online Media , Police website , Local Newspaper - Kanchanpur

0 Comments