Incident Reports

अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीका एक व्यापारी घाइते

2017-11-15

Madhes, Sarlahi, Malangawa

भारतको सीतामढीबाट सर्लाहीको मलंगवामा आउने क्रममा सोनवर्षाको चिलरी भन्ने स्थानमा एक कवाड व्यापारीमाथि गोली प्रहार भएको छ । सीतामढीबाट घर आउँदै गर्दा दुई जनाको समूहमा रहेको अज्ञात हतियारधारी समूहको गोलीबाट मलंगवा ९ का कवाड व्यापारी राकेश चौधरी घाइते भएका छन् । गोली चौधरीको बाँयापट्टीको पेटमा लागेको छ । नेपाल भारतको सीमा भन्दा करिब २ किलोमिटरको दुरीमा चिलरा मोडमा रातिको समयमा चौधरीको मोटरसाइकललाई पछ्याउँदै आएका हतियारधारी समूहले उनीमाथि पछाडीबाट गोली प्रहार गरेका थिए । गोली लागि घाइते भएका चौधरीको सर्लाही अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि वीरगंज लगिएको छ । व्यापारी चौधरीमाथि किन गोली प्रहार गरिएको हो त्यो अहिले सम्म खुल्न सकेको छैन् । बेलुकी करिब ८ बजेको समयमा चौधरीमाथि गोली प्रहार भएको थियो । घटनाको क्षानबिनमा दुवै देशका सुरक्षा अधिकारीहरु जुटेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports