Incident Reports

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

2017-11-13

Lumbini, Dang, Babai, Ward 5

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ३५ वर्षीय निमबहादुर डाँगीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । बबई गाउँपालिका-५ बगरपुरस्थित आफ्नै घरमा सुतिरहेका डाँगीलाई रातिको करिब नौ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको हो । कात्तिक २८ गते नेपाल कम्युनिष्ट पार्टी दाङले प्रेस विज्ञप्ति जारी गरी घरमा सुतिरहेका पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सविनले जारी गरेको विज्ञप्तिमा डाँगीलाई तत्काल हिरासत मुक्त गर्न र पार्टीका नेता, कार्यकर्तामाथिको धरपकड एवम् घर खानतलासी रोक्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports