Incident Reports

नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरेर बम बिष्फोट

2017-11-16

Gandaki, Gorkha, Gorkha

वामगठबन्धनबाट क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठको चुनावी प्रचार टोलीलाई लक्षित गरी गोरखा नगरपालिका–१० सिर्दिखोलामा विहिबार ‘माइन बम’ बिष्फोट भएको छ । खोलाको पुलनजिकै सडक क्षेत्रमा राखिएको बमले बा २ च ९४६३ नम्बरको गाडीमा क्षति पुगेको एसपी प्रकाश अधिकारीले बताए । ‘मानवीय क्षति भएको छैन, गाडीका सबै सिसा फुटेको छ’, उनले भने । उक्त गाडीमा श्रेष्ठका प्रचारमा हिंडेका नेता कार्यकर्ता चढेका थिए । चुनावी कार्यक्रमबाट श्रेष्ठसहितको टोली १२ किलो बजारतर्फ फर्की सकेपछि बम विष्फोट भएको हो । वामगठबन्धनका नेता विकलकुमार श्रेष्ठ सहितका नेता कार्यकर्ता चढेको गाडी नजिकै बम विष्फोट भएको क्षेत्र नम्बर २ प्रदेश सभा क की वामपन्थी गठबन्धनकी उमेद्वार कमला नहर्कीले बताइन् । उम्मेदवारहरु चढेको गाडी पुल कटिसकेपछि बिष्फोट भएको हो । श्रेष्ठ १२ किलो बजारको बैठकमा सहभागी भएर काठमाडौं जाने तयारीमा निर्वाचन क्षेत्रबाट हिंडेका सहयोगी सुरेशकाजी श्रेष्ठले बताए । शसस्त्र प्रहरीसहित घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनास्थल क्षेत्र नम्बर २ मा पर्छ । लोकतान्त्रिक गठबन्धनका बाबुराम भट्टराई र श्रेष्ठ उम्मेदवार बनेका कारण उक्त निर्वाचन क्षेत्रलाई अति संवेदनशील सूचिमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments

Related Reports