Incident Reports

बिप्लव समुहका नेता यादव प्रहरी हिरासतमा

2017-11-16

नेपाल कम्युनिष्ट पार्टी बिप्लवका जिल्ला नेता तथा राष्ट्रिय मधेशी मुक्ती मोर्चाका महासचिव बिक्रम प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार लुम्बिनी बिकास कोष नजीकै शिवगढिया चोकको एक चियापसलमा बसिरहेको बेला ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले नेता यादवलाई बुधवार पक्राउ गरेको हो । पक्राउ गरिएका नेता यादवलाई सार्बजनिक अपराध ऐन मुद्दाका लागि बिहीवार रुपन्देही जिल्ला अदालतमा म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले जानकारी गराए । यद्यपि प्रहरी हिरासतमा रहेका नेता यादवको परिवारले रिहाईका लागि दावव दिन सञ्चार तथा मानअधिकार लगायतसँग आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports