Incident Reports

बाम गठबन्धन र काङ्ग्रेस कार्यकर्ताबीच झडप

2017-11-15

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 3

शैल्यशिखर नगरपालिका-३ देथलामा नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच कात्तिक २९ गते राती झडप भएको छ । झडपमा परी काङ्ग्रेस कार्यकर्ता धिरेन्द्र पाल घाइते भएका छन् । घाइते पालको टाउकोमा सात ओटा टाँका लगाइएको छ । उनको उपचार गोकुलेश्वर अस्पतालमा गरिएको छ । झडप भएलगत्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्स्पेक्टर दीर्घ बोगटी नेतृत्वको टोली घटनास्थल पुगी दुवैपक्षका कार्यकर्तालाई सम्झाएपछि घटना साम्य भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । यसैगरी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष महेन्द्र विष्टलाई कात्तिक २९ गते बेलुकी प्रहरी चौकी धापले गिरफ्तार गरेको छ । राति घरमै बसेको अवस्थामा अध्यक्ष विष्ट गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर लालबहादुर साउदले जानकारी दिएका छन् । गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गर्न निर्देशन दिएसँगै प्रहरीले सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गर्न सुरू गरेको इन्स्पेक्टर साउदले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments

Related Reports