Activists of the Netra Bikram Chand-led Communist Party of Nepal (CNP) on Monday looted voter education materials at Bagchaur Municipality-5 and Dhanetakura of Dhodchaur Rural Municipality in the district.
According to police, the assailants looted the materials from volunteer Rama Devi Oli. They also whisked away the voter education materials kept at the house of Rajendra Kumar Chalaune. The local administration has urged the volunteers to coordinate with police while carrying out the voter education programme.
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सल्यानमा मतदाता शिक्षा सामग्री र उम्मेदवारका प्रचार सामग्री कब्जा गरी जलाएका छन् ।
नेकपा सल्यानले कात्तिक ३० गते निर्वाचन आयोगद्वारा सञ्चालित मतदाता शिक्षासँग सम्बन्धित सामग्री र वाम गठबन्धनका पर्चा पम्पलेटहरू कब्जा गरी जलाएको हो ।
निर्वाचन खारेजीको अभियान लिएको नेकपाले आफ्ना कार्यकर्ताले मतदाता शिक्षा सामग्री र वाम गठबन्धनतर्फका उम्मेदवारका प्रचार सामग्री जलाएको जनाएको छ ।
बागचौर नगरपालिका-३ खालीमा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताका साथमा रहेको पर्चा पम्पलेट आफ्ना कार्यकर्ताले खोसेर जलाएको नेकपा सल्यानका जिल्ला इञ्चार्ज डिल्लिराज शर्मा विश्वले जानकारी दिए ।
त्यसैगरी उनीहरूले मतदाता शिक्षा सामग्री पनि कब्जा गरेर जलाएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस विषयमा आफूलाई आधिकारिक रूपमा जानकारी नआएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत बिकले मातहतका निकायमा बुझेर यस विषयमा अनुसन्धान अघि बढाइने बताए ।