Incident Reports

Three injured in attack, two arrested

2017-11-19

Bagmati, Nuwakot, Kispang, Ward 2

Three cadres of Left Alliance sustains injuries in the attack by the cadres of Nepali Congress while they were returning from the election campaign in Nuwakot district on Sunday. The injured are identified as Left Alliance cadres Madav Neupane,37, Umakanta Bhatta,38, and Dipak Bhatta,27. Injured cadres are receiving treatment at Nuwakot hospital. Police have arrested two in connection with the incident for the further information. निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा नुवाकोटको उत्तरी भेगमा रहेको फिकुरीमा कांग्रेस कार्यकर्ताहरुले वाम गठवन्धनका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण गरेका छन्। आक्रमणमा परि तीन जना गम्भीर घाइते भएका छन्। आक्रमणमा परी वामगठवन्धनका ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए। तीनै जनाको सदरमुकाममा विदुरमा रहेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरि कारवाही सुरु गरेको छ। सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरपश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका वडा नं. २ फिकुरीमा आइतबार राति वाम गठवन्धनको निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा एमाले तथा माओवादी कार्यकर्ताहरुमाथि बाटोमा लुकेर बसेका लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएको प्रत्यक्षदर्शी बीरवल तामाङले जानकारी दिए। घटनामा संलग्न भएका तीन जनालाई नुवाकोट प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। प्रहरीले किस्पाङ गाउँपालिका वडा नं. ३ का २३ वर्षीय सन्तबहादुर लामा र रसुवाको उत्तरगया गापा वडा नं. ३ का ३१ वर्षीय सुनिल लामालाई पक्राउ गरी कारवाही सुरु गरेको नुवाकोट प्रहरीले जनाएको छ। कच्ची सडकमा लुकेर बसेका युवाहरुले आफुहरुलाई कांग्रेस कार्यकर्ता बताउँदै भिडन्तका लागि बाटोमा बसेको जनाउंदै अपशव्द प्रयोग गर्दै लाठीभाटालगायतले निर्घात कुटपिट गरेको अस्पतालमा उपचाररत घाइते माधव न्यौपानेले बताए। आक्रमणकारीले आफुहरुलाई मार्ने नियतले कुटपिट गरेको र आक्रमण गर्दैगर्दा पछि आफ्ना उम्मेदवारहरु चढेको गाडी आएपछि कुटपिट गर्न छाडेको बताए। l
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth noyouth
Total Injured 3
National/Online Media , INSEC

0 Comments