Police have arrested 11 cadres of Chand for conducting anti-election activities in the district. The arrested are identified as Diliram Katuwal, Jit Bahadur Chemjong, Bishal Rai, Ichhya Bahadur Rai, Sangram Rai, Aliya Nemwang. Likewise, Tikadevi Rai, Narayan Karki, Tara Rai and Mausam Thamsuhang from Phidim municipality.
निर्वाचनविरोधी गतिविधि बढेपछि प्रहरीले विप्लव समूहका ११ कार्यकर्ता पक्राउ गरेको छ ।
हिलिहाङ गाउँपालिकाका डिल्लीराम कटुवाल, फाल्गुनन्द गाउँपालिका जितबहादुर चेम्जोङ, विशाल राई, इच्छाबहादुर राई, संग्राम राई, एलिया नेम्वाङ छन् ।
त्यसैगरी फिदिम नगरपालिका १४ की टीकादेवी राई, नारायण कार्की, तारा राई र मौसम थाम्सुहाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै इलामका रुपनारायण अधिकारी पनि पक्राउ परेका छन् ।
उनीहरुलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पक्राउ परेकामध्ये टीकादेवी र रुपनारायण शिक्षक हुन् । राईलाई कात्तिक ३० गते विद्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो ।
निर्वाचन सुरक्षाका लागि पक्राउ गर्नुपरेको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।