Incident Reports

बाबुको किरिया बसेको ११ औं दिनमा विप्लवका जिल्ला नेता पक्राउ

2017-11-20

Sudurpashchim, Baitadi, Dilasaini, Ward 3

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज वासुदेव जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीको घर डिलाशैनीबाट सोमबार साँझ नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । आफ्ना बुवाको ११ दिने क्रिया सकाएर घरमा बसिरहेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चुनाव विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा जोशीलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले भने ‘चुनाव विरोधी गतिविधिमा संलग्न रहेको पाइयो । ११ दिनको किरियापछि हामीले नियन्त्रणमा लिन बाध्य भयौं । चुनावको नसकिएसम्म जोशीलाई प्रहरी नियन्त्रणमै राखिनेछ ।’ चुनाव विरोध गतिविधिमा संलग्न भएको भन्दै यसै साता अन्य ६ जना नेकपा कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । हरिलाल विक, अम्मर सार्की, प्रेमसिंह कार्की, वसन्तराज जोशी, गजेन्द्र चन्द र वासुदेव बोहरालाई नियन्त्रण लिइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । जिल्लामा निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालन गरिएको समेत प्रमुख जिल्ला अधिकारी जोशीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान अधिकारीहरुलाई समेत परिचालन गरिएको छ । यस्तै भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए । उनले भने ‘चुनावलाई लक्षित गरेर ७२ घण्टा सीमा बन्द गर्ने यसघि नै भारतीय अधिकारीहरुसँग सहमति भईसकेको छ । सीमामा हुन सक्ने अन्य गतिविधिलाई पनि हामीले नजिकबाट नियालीरहेका छौं ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments

Related Reports