Incident Reports

कांग्रेस कार्यकर्तामाथि आक्रमण

2017-11-20

Gandaki, Gorkha, Chum Nubri, Ward 3

वाम गठबन्धनका कार्यकर्ताले कांग्रेसको निर्वाचन प्रचार सामग्री जलाइदिएका छन् । चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीमा नवीन गुरुङको झोलामा रहेको कांग्रेसको झन्डा, पोस्टर, पर्चा, पम्प्लेट खोसेर जलाइदिएको कांग्रेस कार्यकर्ता सूर्य गुरुङले जानकारी दिए । गुरुङ, उनका छोरा दोर्जे र आफन्त पेमामाथि आक्रमणसमेत गरेको उनले बताए । आक्रमणबाट घाइते भएकाहरूको सिर्दिबास स्वाथ्य चौकीमा उपचार भएको छ । आक्रमणपछि घटनास्थल पुगेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । जगतमा बास बसेर बिहीतर्फ जाँदै गरेका कांग्रेस समर्थक गुरुङमाथि सोमबार बिहान ९ बजेतिर आक्रमण भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments

Related Reports