Police have arrested the 15 cadres of Nepal Communist from Rukum district on a charge of conducting anti-election activities in the district.
According to the DSP Rajendra Prasad Dhamal, cadres were arrested with electric wire, batteries, and pamphlet from different parts of the district on 19th November.
इन्सेक रूकुम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका थप १५ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
मङ्सिर ३ गते जिल्लाका विभिन्न स्थानबाट विद्युतीय तार, व्याट्री र दस्तावेजसहित उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम) का डिएसपी राजेन्द्रप्रसाद धमलाले बताए ।
यसअघि कात्तिक २३ गते विद्यार्थी सङ्गठनको राप्ती अञ्चल व्यूरो सदस्य दिपक विष्ट र पार्टी जिल्ला कमिटी सदस्य मोतिराम खड्कालाई गिरफ्तार गरेको थियो ।
यसपटक गिरफ्तार हुनेहरूमा पार्टी जिल्ला सल्लाहकार सदस्य त्रिवेणी गाउँपालिकाका-३ का ५२ वर्षीय प्रेम खड्का, पार्टी जिल्ला सदस्यहरू मुसिकोट नपा-६ का ३८ वर्षीय हिरामणी रावत र मुसिकोट नपा-६ का २९ वर्षीय बालचन्द्र गिरी, किसान सङ्गठन सल्यान-रूकुमका इञ्चार्जसमेत रहेका त्रिवेणी गाउँपालिका-६ का ४१ वर्षीय मकर वली, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष आठविसकोट नपा-५ का २५ वर्षीय सुरेन्द्र बस्नेत, उपाध्यक्ष त्रिवेणी गाउँपालिका-२ का २५ वर्षीय कृष्ण विसी, सचिव त्रिवेणी गाउँपालिका-२ का १७ वर्षीय प्रेमप्रशान्त बोहरा र सहसचिव मुसिकोट नपा-१४ का १८ वर्षीय हरि विष्ट रहेका छन् ।
त्यस्तै राष्ट्रिय युवा स्वयम्सेवक सदस्य शान्तिनगर गाउँपालिका-५ दाङका २२ वर्षीय उद्धव शाह, पार्टीका कार्यकर्ताहरू चौरजहारी नपा-७ का ४२ वर्षीय कपिलेश्वर विश्वकर्मा, आठविसकोट नपा-११ का ४० वर्षीय गम्भीर सेर्पाली भन्ने गोर्खे कामी, बाँफिकोट गाउँपालिका-४ का १७ वर्षीय पूर्णजङ्ग खड्का, सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय हुकुम खड्का, कुमाख गाउँपालिका सल्यानका २८ वर्षीय गणेश विश्वकर्मा र तुलसीपुर उपमहानगरपालिका-३, दाङका २५ वर्षीय सुरेन्द्रबहादुर गुरूङलाई पनि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम)ले जनाएको छ ।