Incident Reports

बलात्कार गरेको आरोपमा गिरफ्तार l

2013-07-05

Komal Niranjan Bhat कञ्चनपुर । ०७० असार २२ गते एक ४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा सोही ठाउँका ५० वर्षीय रुपबहादुर खड्कालाई असार २१ गते इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले गिरफ्तार गरेको छ । बालिकाको योनीबाट रक्तस्राव भएको देखेपछि बालिकाका अविभावकले पीडित बालिकालाई सोधपुछ गर्दा बलात्कारको कुरा खुलेको थियो । पीडितका परिवारले बलात्कार आरोपित रुपबहादुरको नाममा उजुरी गरेपछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले गिरफ्तार गरेको हो । घटनामा घाइते भएकी बालिकाको सेती अञ्चल अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण एवं उपचार भएको र आरोपित रुपबहादुर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनायो । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis