Incident Reports

वाम गठबन्धनको सभालाई लक्षित गरी नेकपाद्वारा दाङ बन्द

2017-11-22

वाम गठबन्धनको चुनावी सभालाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज दाङ जिल्ला बन्द आह्वान गरेको छ । आजै टेलिफोन सेवासमेत बन्द भएपछि दाङबासी थप मर्कामा परेका छन् । बन्दको प्रभाव बिहानैदेखि परेको छ । यातायात, शिक्षण संस्था, उद्योगधन्दा ठप्प छन् । जिल्लाका मुख्य बजारहरु तुलसीपुर, घोराही, लमही र भालुबाङमा पनि बिहानैदेखि बन्दको प्रभाव छ । आफ्ना नेता कार्यकर्ताहरुलाई सरकारले पक्रेको विरोधमा दाङ जिल्ला बन्द आह्वान गरेको नेकपाले जनाएको छ । बन्द आह्वान गरिएपछि तर वाम गठबन्धनको चुनावी सभा प्रभावित हुने नेकपाको अनुमान छ । यद्यपि जिबिसको मैदानमा सभाको तयारी जारी राखिएको छ । घोराही नजिकै कटुवा खोलामा फाइबरलाइनमा समस्या भएर टेलिफोन सेवा अवरूद्ध भएको नेपाल टेलिकम दाङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports