Incident Reports

बम बनाउँदै गर्दा नेकपाका कार्यकर्ता पक्राउ

2017-11-22

बम बनाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । संयुक्त वाम गठबन्धनको कार्यक्रमलाई बिथोल्नका लागि बम बनाउन लागेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई बुधबार बिहान विष्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । वाम गठबन्धनको संयुक्त सभा क्षेत्र नजिकैबाट विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता थाक्रे गाउँपालिका–७, का ३७ वर्षीय कृष्ण खतिवडालाई पक्राउ गरिएको हो । खतिवडालाई थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभा बिथोल्नका लागि सकेटबम बनाउन लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायव उपरीक्षक राबहादुर केसीले जानकारी दिनुभयो । बम विष्फोट गराउन योजना गरिएको जुंगेखोलामा वाम गठबन्धनका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मरकट्टेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रहरीले उम्मेदवार र चुनावी सभा लगायतलाई विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षाकर्मी परिचालन गरी सुरक्षाको प्रत्याभूति गरिएको पनि प्रहरी नायव उपरीक्षक केसीले जानकारी बताउनुभयो । धादिङ जिल्लामा यसअघि ५ जना नेकपाका कार्यकर्तालाई चुनावी सुरक्षा अन्तर्गत पक्राउ गरी हिरासतमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports