Incident Reports

कांग्रेस उम्मेदवार लक्षित गरेर बम विस्फोट

2017-11-25

Gandaki, Nawalparasi West, Bungdikali

पहाडमा चुनाव प्रचारमा गएका कांग्रेस उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । त्यहाँ मानवीय क्षति भने भएको छैन । महेन्द्रराजमार्गको चोरमाराबाट पहाडी बुँदीकाली गाउँपालिकामा शनिबार बिहान गएका पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार विष्णु कार्की र प्रदेशसभाका उम्मेदवार विष्णु लामिछाने चढेको जिपलाई लक्षित गरेर पहाडी मार्गको झिरुभञ्याङ भन्ने स्थलमा शनिबार बिहान साढे ९ बजे शक्तिशाली बम विस्फोट गराइएको हो । विस्फोट हुँदा जिप अगाडि कटिसकेकाले (छलिएको) कसैलाई पनि नलागेको र सुरक्षित रहेको उम्मेवारसँगै रहेका बोमलाल थापाले टेलिफोनमा बताए । विस्फोट भएको इलाका प्रहरी कार्यालय रुद्रपुरगढीबाट ३ किलोकिटर पश्चिम पर्दछ । विस्फोट भएको स्थल महेन्द्र राजमार्गबाट १६ किलोमिटर उत्तर कच्ची सडकमा पर्दछ । कांग्रेसका उम्मेदवारसहित ३ वटा जिपमा कार्यकर्ता पहाडी गाउँमा प्रचारमा गएका थिए । पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले उम्मेदवारलाई लक्षित गरेर बम फालिएको खबर आएको र घटनास्थलमा प्रहरी पुगेको जानकारी दिए । उनले पहाडमा लुकेर बसेकाहरुले घटना गराएर भागेको हुनसक्ने बताए । पहिलोपटक उम्मेदवारहरु पहाड पसेको मौका छोपेर मतदाता त्रसित बनाउन र उम्मेदवारलाई हत्या गर्ने योजनाअनुसार बम विस्फोट गराइएको कांग्रेस जिल्ला सभापति तथा प्रदेशका उम्मेदवार विष्णु लामिछानेले बताए । उनले पहाडमा प्रचार गरेर मात्र फर्किने योजना रहेको सुनाए । पहाडी बुलिंटार, बुंदीकाली र हुप्सेकोट गाउँपालिकामा प्रचारका लागि ३ वटा जिप र मोटरसाइकलमा २ उम्मेदवारसहित ५ दर्जन कार्यकर्ता पहाडतिर गएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports