Incident Reports

काङ्ग्रेस र एमालेका कार्यकर्ताबचि झडप, एमालेका एक कार्यकर्ता घाइते

2017-11-23

Province 1, Sankhuwasabha, Panchakhapan, Ward 7

वाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य सङ्खुवासभाका (ख) का उम्मेदवार तुलसीप्रसाद न्यौपानेको उपस्थितिमा मङ्सिर ७ गते भएको घरदैलो कार्यक्रमबाट घर फर्कँदै गरेका नेकपा एमालेका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच पाँचखपन नगरपालिका-७ को बिहीबारेमा झडप हुँदा झडपमा पनि पाँचखपन नगरपालिका-७ का एमाले कार्यकर्ता ३६ वर्षीय पिण्डेश्वर राई घाइते भएका छन् । उम्मेदवारसहितको टोली घरदैलो गरेर फर्कने क्रममा पाँचखपनमा पर्ने बिहीबारेमा अचानक काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको टोलीमा सहभागी अनेरास्ववियु जिल्ला कमिटिका अध्यक्ष राजेश खड्काले बताए । काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते भएका राईको टाउकोमा चोट लागको छ । राईको उपचार वाना स्वास्थ्य चौकीमा सम्भव नभएपछि जिल्ला अस्पताल खाँदबारीमा लगिएको छ । राईलाई आक्रमण गर्ने नेपाली काङ्ग्रेसका कार्यकर्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । यसैबिच नेकपा एमाले सङ्खुवासभाले पटकपटक नियोजित रूपमा आफ्ना कार्यकता कुटपिट हुनुमा प्रशासनको हात रहेको हुन सक्ने आशङ्का गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एमाले जिल्ला कमिटिका सचिब खड्ग राईले दोषीलाई कडा कारबाही नगरिए आफूहरू बाध्य भएर आन्दोलनमा जाने र त्यसको परिणाम नराम्रो आए यसको जिम्मेवार प्रशासन हुने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments

Related Reports