Incident Reports

धादिङ खनीयवासस्थित मतदान केन्द्र ‘कब्जा’मा लिएको आरोप

2017-11-26

Bagmati, Dhading, Khaniyabash, Ward 2

खनीयावास गाउँपालिका-२ स्थित बेन्दी देवी मावि मतदान केन्द्रमा मङ्सिर १० गते लोकतान्त्रिक गठबन्धनले बाम गठबन्धनका कार्यकर्तामाथि अक्रमण गरी सो मतदान केन्द्र ‘कब्जा’मा लिएको बाम गठबन्धनको आरोप छ । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले बाम गठबन्धनका कार्यकर्ताहरूलाई कुटपिट गर्दै मतदान केन्द्र कब्जामा लिएपछि मतदान सुरू हुन नसकेको स्थानीय मङ्गोल तामाङले बताए । आक्रमणमा परी सोही ठाउँका बामगठबन्धनका कार्यकर्ता अभिषेक तामाङको हात भाँचिएको छ । सो ठाउँमा मतदान सुरू नभएपछि सशस्त्र प्रहरी टोली हेलिकप्टरबाट पठाउँदै गरेको प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Democratic Alliance (NC, RPP and others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports