Voting at Kada of Bafikot and Gausaina of Athbiskot rural municipalities have stopped after unidentified personnel poured acid on the ballot boxes. The Chief District Officer, Bansi Kumar Acharya said that details are yet to arrive from the location.
According to Acharya, 250 votes had fallen into the ballot boxes before it was torched. Security has been further tightened after the incident, the police said.
पश्चिम रुकुमको आठबीसकोटको एक मदतान केन्द्रमा नेकपाका कार्यकर्ताले मतपेटिकामा एसिड हालेर जलाएका छन् । आठविसकोट गाउँपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि गत्सैना मतदान केन्द्रको एउटा मतपेटिकामा एसिड हालेर आगो लगाएको प्रहरीले जनाएको छ ।
समानुपातिकतर्फको ख मतपेटिकामा एसिड हालेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक ऋषी ढुंगानाले उज्यालोलाई जानकारी दिनुभयो । अहिले त्यहाँ मतादान स्थगित भएको उहाँले जानकारी दिनुभयो ।
मतपेटिकामा नेकपाका कार्यकर्ताले एसिड हालेको आशंकामा केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । तर केही मतदाताले भने बुथमा नै खटिएका प्रतिनिधिले एसिड हालेको बताएको प्रहरीले जनाएको छ ।