Incident Reports

मुगुमा मतपेटिका संकलनको क्रममा झडप, १६ राउण्ड हवाई फायर

2017-11-26

Karnali, Mugu, Soru, Ward 6

सोरु गाउँपालिकाको वडा नम्बर ६ स्थित धैनकोट मतदान केन्द्रमा अज्ञात समूहले आक्रमण हुँदा १६ राउण्ड हवाई फायर गरिएको छ । मतदान सकेर मुचुल्का उठाउँन लाग्दा चारैतिरबाट आक्रमण भएपछि मतपेटिका जोगाउन सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । आक्रमणबाट शसस्त्र प्रहरी बलका प्रहरी नायक निरीक्षक बिष्णु आर्याल घाइते भएका छन् । अन्य सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई पनि चोट लागेको प्रजिअ अधिकारीले बताए । दिनभर शान्तिपूर्ण मतदान भएपनि भोट सकेर मुचुल्का उठाउने बेला अज्ञात समूह घटना भएको प्रजिअले बताए । मतपेटिका सुरक्षित रहेको उनको भनाई छ । घाइते अर्याल र मतपेटिकालाई कडा सुरक्षाका साथ गमगढीतिर ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारीको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Army
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments

Related Reports