Incident Reports

पतिविरुद्ध प्रहरीमा उजुरी l

2013-07-09

Sangeeta Bhatt स्याङजा । ०७० असार २६ गते पुतलीबजार नपा-६ रामकोषकी ३६ वर्षीया भगवती केसीले बाग्लुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका सई पति ४१ वर्षीय सोभितबहादुर केसी विरुद्ध असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले आफुलाई खान लाउन नदिएको, सधै कुटपिट गर्ने गरेको र छोरा छोरीलाई समेत राम्रो व्यवहार नगरेको तथा शान्तिपूर्ण रूपमा घरमा बस्न समेत नपाएको भन्दै न्यायको लागि प्रहरीमा उजुरी दिएकी हुन् । पति बेला/बेला घर आउदाँ आफुलाई धम्काउने, पिट्ने, मानसिक एवम् शारीरिक पीडा दिने गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । विवाहपछि पतिले नागरिकता समेत नबनाइदिएको उनले बताइन । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis