Incident Reports

धनकुटामा विस्फोट र फाइरिङ

2017-12-04

धनकुटामा सोमबार बिहानै विस्फोट र फाइरिङको घटना भएको छ । बिहान करिब पौने चार बजे विस्फोटक पदार्थ विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोट भएको करिब आधा घण्टापछि पुन: फाइरिङ भएको आवाज आएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए । घटनास्थल पहिचानका लागि सबेरैदेखि नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेना परिचालित भएपनि हालसम्म फेला पार्न नसकेको सुरक्षा स्रोतको भनाई छ । विस्फोटको आवाज सुनिएको स्थान सदरमुकामबाट दक्षिण पश्चिमको पात्ले खोला आसपासको क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । विस्फोटन आवाज सदरमुकाम लगायत आसपासका क्षेत्रमा सुनिएको थियो । गत साता पनि जिल्लाको साप्तिङटारमा बम विस्फोट भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports