Incident Reports

दलित परिवारलाई वडाध्यक्षको धम्कीः कांग्रेसलाई भोट दिएनौ भने कुलोको पानी छुन पाउँदैनौ

2017-12-01

Bagmati, Dhading, Jwalamukhi, Ward 2

कुन कुन भुराले खोसेर लग्छन्, कता हाल्छन्।’ वडाध्यक्ष कड्किन्छन्, ‘खोसेर लगे भने यथार्थ कुरा हो, काम पनि त्यही अनुसार हुन्छ। तिमीहरुको खानेपानी पनि बन्दैन। त्यो कुलोको पानी पनि टेक्न–छुन पनि पाउँदैनौं। कुरो त्यही हो। हामीले अहिलेसम्म केही भनेको छैन। त्यही हो, भोट यसपाली कांग्रेसलाई दिनुपर्छ। शाही धारामा ट्यांकी बनाउने हो, कुलोको पानी चाहिने हो भने त्यही अनुसार काम गर्ने हेर । भ'को कुरो यथार्थ कुरो हो, यसपाली पनि तिमीहरुले भोट दायाँ–बायाँ दिने हो भने कुलोको पानी लोटाले उभाउन चाहिँ पाइँदैन। मैले भन्द्या छु, जायज कुरा हो। किनभने हामीलाई सिंचाइ चाहियो, भैंसीलाई पानी खुवाउनुपर्‍यो, आरानमा ‘पाइन’हाल्न पर्‍यो भन्न चाहिँ पाउँदैनौ। कुरो त्यही हो।’ खानेपानीको ट्यांकी बनाउन एक लाख रुपैयाँ हाल्दिएको प्रसंग जोड्दै वडाध्यक्ष शाहीले ‘राम्रोसँग काम गरे’ अर्को चोटि पनि बजेट हालिदिने आश्वासन दिएका छन्। यो कुरा सबैलाई भनेको भन्दै उनले विकासे कामका लागि कि त माओवादी वा एमालेबाट बजेट लिएर आउन समेत चुनौती दिएका छन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा मौन अवधिमा चुनाव प्रचार-प्रसारका कुनै पनि गतिविधि गर्न नहुने प्रावधान छ। तर, त्यसविपरीत वडाध्यक्ष शाहीले दलित बस्तीमा गएर भोट हाल्न दबाव दिएका हुन्। काफलपानीमा गएर तपाईंले दलित परिवारलाई दबाव र धम्की दिएको हो भनेर नेपाल लाइभले सोधेको प्रश्नमा वडाध्यक्ष शाहीले भने, ‘काफलपानी मेरो घरै हो। त्यो होइन। त्यो वाहियात कुरा हो। अनर्गल कुरा हो।’ यसैबीच निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मौन समयमा यस्तो गतिविधि हुनु निन्दाजनक भएको बताएका छन्। प्रवक्ता ढकालले भने, ‘अडियो रेकर्ड पाएमा हामी निर्वाचन आचारसंहिता अनुसार अघि बढ्नेछौं।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports