Incident Reports

कुटपिट गर्ने पतिलाई कारवाहीको माग l

2013-07-13

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai खोटाङ । ०७० असार ३० गते लफ्याङ-३ की ४६ वर्षीय गीता हस्ताले असार २९ गते पति ४० वर्षीय तलु हस्ताविरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । विनाकारण पतिले बारम्बार कुटपिट गर्ने गरेको र असार २८ गते कुटपिट गरी घरमा समेत बस्ने वातावरण नभएको भन्दै उजुरी दिएकी हुन् । पतिले पटकपटक कुटपिट गर्दा आफ्नो ज्यान समेत जोखिममा परेको भन्दै जीउधनको समेत शान्ति सुरक्षा र घरमा निर्भिकतापूर्वक बस्ने वातावरण मिलाइदिन प्रहरीमा आग्रह गर्नुपरेको पीडितले बताइन् । पीडितको उजुरीको आधारमा दुवैपक्षलाई झिकाई छलफल गराइने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रमेशकुमार देवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis