Rajan Bhattarai, CPN-UML's candidate was attacked by the cadres of Nepali Congress while he was on his way to meet Gagan Thapa, his fellow candidate.
Bhattarai went to the hospital with Kusum Kumar Karki and Nirmal Kuinkel.He reached to the hospital at 1:30 PM noon.
Bhattarai expressed his grief upon being attacked at the hospital. However, he didn't forget to condemn the attack on Gagan Thapa.
बम विस्फोटनमा परेर घाइते भएका काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापाको स्वास्थ्यस्थिति बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका सोही क्षेत्रका एमाले उम्मेदवार राजन भट्टराईमाथि कांग्रेस कार्यकर्ताबाट अस्पतालमा दुव्र्यवहार भएको छ ।
थापाका प्रतिस्पर्धी भट्टराई एमालेका प्रदेशतर्फका उम्मेदवार कुसुमकुमार कार्की र निर्मल कुइँकेलसहित अस्पताल गएका थिए । घरदैलो कार्यक्रममा बम विस्फोट भएर थापा घाइते भएको जानकारी प्राप्त गरेपछि भट्टराई स्वास्थ्यस्थित बुझ्न दिउँसो साढे एक बजे अस्पताल पुगेका थिए ।
‘घटनाको जानकारी प्राप्त भएपछि तीनजना उम्मेदवारसहित अस्पताल पुगेको थिएँ,’ भट्टराईले नागरिकसँग भने, ‘आकस्मिक कक्षतर्फ जान खोज्दा रोकियो, धकेल्ने काम भयो । मेरा सहयोगी (पुष्प भट्टराई) माथि मुक्का प्रहार भयो ।’
शिक्षण अस्पतालमा गगनलाई भेट्न जाँदा आफूमाथि हातपात भएको विषयप्रति भट्टराईले दुःख ब्यक्त गरे । उनले गगनलाई प्रत्यक्ष रुपमा भेटेरै स्वास्थ्य लाभको कामना गर्न चाहेको बताउँदै भने, ‘तर मलाई त्यहाँ जान दिइएन । मलाई अत्यन्त दुःख लागेको छ । बम विस्फोटको घटनाबाट म जति दुखित थिएँ, साथीहरुको व्यवहारले मलाई झन् दुखीत बनाएको छ ।’
भट्टराईले गगनमाथि भएको आक्रमणको निन्दा गर्दै भने, ‘कायरतापूर्ण आक्रमणमा संलग्न तत्वको खोजी गरी कारवाही गर्न सरकारसँग माग गर्दछु ।’ भट्टराईले आफ्नो फेसबुक पेजमार्फत घटनाको भत्र्सना गर्दै भनेका छन्, ‘बुढानिलकण्ठ नगरपालिका–२ चपलीमा नेपाली कांग्रेसको चुनावी घरदैलो कार्यक्रम लक्षित बम बिस्फोटको भत्र्सना गर्दछु । बिस्फोटबाट घाइते हुनुभएका मेरा मित्र तथा यस क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार गगन थापा लगायत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’