Incident Reports

फोरमको विजय जुलुसमा झडप, प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर

2017-12-13

Madhes, Bara, Pacharauta

बाराको क्षेत्र नम्बर २ को प्रदेश र प्रतिनिधि सभामा दुबै स्थान जितेका संघीय समाजबादी फोरमको विजय जुलुसमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । बाराको पचरौता नगरपालिका ४ बेलदारीमा बुधबार दिउँसो साढे ३ बजे संघीय समाजवादी फोरमको विजय जुलुसलाई स्थानीयले बिरोध गरेपछी फोरम र स्थानिय कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्न केहि २० भन्दा बढी हवाई फायर गरेको छ । बाजागाजासहित झुलुसमा निस्किएका फोरमका कार्यकर्तालाई स्थानिय कांग्रेस कार्यकर्ताले जितिसकेपछि बाजागाजा र गानाबजाना बजाएर हल्ला नगर्न आग्रह गरेपछि विवाद सुरु भएको बताइएको छ । स्थानीयका अनुसार कांग्रेसका कार्यकर्ताले सामान्य रुपमा तडक भडक नगरी जुलुसमा खुसियाली मनाउन आग्रह गर्दागर्दै फोरमका कार्यकर्ता आक्रामक बनेपछी विवादले झडपको रुप लिएको हो । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजबादी फोरमका रामसहाय यादवसहितको र्‍याली निकालिएको थियो । यता बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछी सुरुमा लाठीचार्ज गरेको बताएका छन् । झडप नियन्त्रण गर्ने क्रममा ४ प्रहरी समेत घाइते भएका छन् । झडपमा परी र्घाते हुनेमा एक प्रहरी नायव नीरीक्षक र ३ म्यादी प्रहरी रहेका छन् । स्थिति असामान्य बन्दै गएपछि केही अश्रुग्यास र हवाईफायरसमेत भएको स्वीकार गर्दै वैदवारले घटनास्थलमा थप प्रहरी परिचालन गरिएको बताएका छन् । घटना स्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा थप अनुसन्धान गर्न बाराका प्रहरी नायब उपरिक्षक भुवनेस्वर प्रसाद साहको नेतृत्वमा जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Madhes-based Parties Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Reports