Two people got injured as cadres of Nepali Congress and Left Alliance clashed at Dhankaul-1, Sekhauna in Sarlahi on December 12. Locals Sapta Lal Mahato and Jaya Lal Mahato were injured. According to the police, the clash occurred as a result of dispute regarding election results.
Police open fired five rounds of bullets in order to take control of the situation. Police have also taken two people involved in the clash into custody.
चुनावी परिणामसम्बन्धी विवादपछि सर्लाहीको धनकौल गाउँपालिका-१ स्थित सेखौनामा कांगे्रस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। मंगलबार साँझ भएको झडपमा स्थानीय सप्तलाल महतो र जयलाल महतो सामान्य घाइते भएका छन्। चुनावमा भएको हार–जितका विषयमा विवाद भई झडप भएको सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आमल खाँले जानकारी दिए।
स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो। झडपमा उत्रिएकाहरू धेरै र प्रहरी कम भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि भीडलाई तितरवित्तर पार्न हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक खाँले बताए।
झगडा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही क्षेत्र नम्बर ४ मा पर्ने त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांगे्रसका अमरेशकुमार सिंह विजयी भएका छन्।