Incident Reports

हार-जित विवादमा हवाई फायर

2017-12-12

Madhes, Sarlahi, Dhankaul, Ward 1

चुनावी परिणामसम्बन्धी विवादपछि सर्लाहीको धनकौल गाउँपालिका-१ स्थित सेखौनामा कांगे्रस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। मंगलबार साँझ भएको झडपमा स्थानीय सप्तलाल महतो र जयलाल महतो सामान्य घाइते भएका छन्। चुनावमा भएको हार–जितका विषयमा विवाद भई झडप भएको सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आमल खाँले जानकारी दिए। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो। झडपमा उत्रिएकाहरू धेरै र प्रहरी कम भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि भीडलाई तितरवित्तर पार्न हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक खाँले बताए। झगडा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही क्षेत्र नम्बर ४ मा पर्ने त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांगे्रसका अमरेशकुमार सिंह विजयी भएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others) , Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
Election-related cause secondary
National/Online Media

0 Comments

Related Reports