Incident Reports

मानव बेचबिखनका फरार अभियुक्त पक्राउ

2017-12-15

Bagmati, Lalitpur, Lalitpur, Ward 6

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई ललितपुर चापागाउँबाट पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई अहिले ललितपुर सातदोबाटो बस्ने ३८ वर्षीय शेर्पालाई शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ । अभियुक्त शेर्पाले एक व्यक्तिलाई इराकमा महिलालाई राम्रो अवसर आएको र मासिक पारिश्रमिक कम्तीमा एक लाख रुपैयाँसहित अन्य सुविधा भएको भनी प्रलोभन देखाई विसं २०७३ असार ११ गते इराक लैजाने भनी पीडितलाई भारतको नयाँदिल्ली पु¥याई दलालको जिम्मा लगाएको थियो । दिल्लीमा दलालले तीन दिनसम्म राखी इराक जान श्रीलंकामा प्रवेशाज्ञा आइसकेको छ भनी विमानबाट कोलम्बो पठाएको थियो । कोलम्बो पुगी करिब एक महिना जति अलपत्र अवस्थामा पुगेपछि आफन्तको सहयोगमा उनी भारतको मुम्बई हुँदै काठमाडौँ पुगेको प्रहरी अनुसन्धानले देखाएको छ । अभियुक्तलाई थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार अनुसन्धान सुरु भएको छ । कसुरको मात्रा हेरी बढीमा २० वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । रासस
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments