Two cadres of Biplov-led CPN have been arrested from Tikapur by Kailali Police in accusation of involving in the anti election activities. Central vice chairman of All Nepal Landless Organization Minraj Giri and District chairman Tapendra Rasaili had been arrested by police. District Police Office spokesperson DSP Bir Bahadur Budhamagar, they were arrested due to security concern in election as CPN cadres are involved in IED explosion across the country.
कैलालीको टिकापुरबाट प्रहरीले नेत्रबिक्रम चन्द विप्लबका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । सो पार्टी निकट अखिल नेपाल भूमिहीन संगठनका केन्द्रीय उपाध्यक्ष्य मिनराज गिरि र संगठनका जिल्ला अध्यक्ष्य तपेन्द्र रसाइलीलाई टिकापुर प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै विप्लव नेतृत्वको माओबादीका दुई कार्यकर्तालाई पक्राउ गरेको जिप्रका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढामगरले जनाए ।