Incident Reports

Two CK Raut supporters imprisoned

2017-12-07

District Administration Office Mahottari has sent two CK Raut supporters to jail for being unable to submit deposit amount of Rs 7000. Komal Yadav of Mahottari rural municipality-1 and Fulchan Mukhiya Bin of Loharpatti were arrested during the Provincial and Federal Elections of Dec 7. The duo was allegedly involved in election boycott campaign of CK Raut,as said by the police. However, CK Raut's central committee member said that police had arbitrarily arrested the duo from their respective houses. मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत्रपत्रको कोठा बाहिर मतदान गरि मत बदर गर्ने प्रचार प्रसार गर्दै हिँडेको आरोपमा पक्राउ परेका सिके राउतको दुई जना समर्थकलाई जेल चलान गरिएको छ। सार्वजनिक अपराध ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनही ७ हजार धरौटि माग गरेवमोजिम धरौटि बुझाउन नसक्दा राउतका समर्थक महोत्तरी गाउँपालिका वडा नं. १ घर भएका कोमल यादव र लोहारपटि घर भएका फुलचन मुखिया विनलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कुवेर कडायतले बताएको छ। सिके राउतले उद्‍घोष गरे अनुरुप प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयन गर्न भएको चुनाव अघि निर्वाचनमा मतपत्रमा कोठा बाहिर मतदान गरेर मत बदर गर्न मतदातालाई सिकाउँदै हिडेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको थियो। निर्वाचनको बर्खिलाप हुनेगरि उनीहरुले मत बदर गराउने मनसायले प्रचार प्रसार गर्दै हिँडेकोले चुनावी सुरक्षालाई ध्यानमा राखि दुवै जनालाई पक्राउ गरि उनीहरु माथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको थियो। सार्वजनिक अपराध ऐनको सुनवाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले गर्ने प्रावधान अनुरुप दुवै यादव र मुखियालाई जनही ७ हजार धरौटि तिर्ने निर्णय गरिएको थियो। जिल्ला प्रशससन कार्यालय महोत्तरीले गरेको निर्णय अनुसार उनीहरुले धरौटि वुझाउन नसकेपछि बिहिरबार नै जलेश्वर कारागार चलान गरिएको एसपी कडायतले बताएको छ। यसैबीच सिके राउतको संठगठनका केन्द्रिय सदस्य जासर यादवले कोमल यादव र फुलचन मुखिया विन लाई प्रहरीले पक्राउ गरेर सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउनु र जेल चलान गर्नु गैर न्यायिक कार्य भएको बताएको छ। सिके राउतको समर्थनमा कोठली बाहिर मतदान गर्ने प्रचार प्रसार गरि रहेको अवस्थामा नभई उनलाई घरमा बसिरहेको बखत प्रहरीले जवरजस्ती पक्राउ गरि ल्याएर अनाहकमा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउनु गलत कार्य भएको केन्द्रिय सदस्य यादवले बताएको छ। नेपालको संविधानमै आम मतदाताले आफनो तरिकाले मतदान गर्न पाउने अधिकार रहेको र सिके राउतले आफनो समर्थनमा कोठली बाहिर मतदान गर्ने उदघोष नै गरेकोले उनीहरुलाई पक्राउ गर्नु सरासर गलत भएको तर्क यादवको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Tarai-based separatist Organizations , Tarai-based separatist Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments