Three cadres of Biplov led Communist Party of Nepal have been arrested by Kailali Police in accusation of their involvement in anti- election activities. The arrested are Kailali District member and Janaki rural municipality in-charge Sivaraj Poudel and Kailali District member Bajir B.K and Lokman Bhandari. District Police Office spokesperson DSP Bir Bahadur Budhamagar said the CPN cadres were arrested keeping in view CPN cadres involvement in IED related incidents throughout the country.
कैलालीमा प्रहरीले नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सो पार्टीका जिल्ला सदस्य एवं जानकी गाउँपालिका इन्चार्ज शिवराज पौडेल तथा जिल्ला सदस्य बजिर बिक र लोकमान भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिरोधी गतिविधिमा संलग्न पाइएकाले सुरक्षालाई ध्यानमा राख्दै विप्लव नेतृत्वको माओबादीका उनीहरुलाई पक्राउ गरेको जिप्रका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढामगरले जनाए ।