Incident Reports

दश वर्षे बालिका वलात्कृत l

2013-07-16

DM Chamling Rai खोटाङ । ०७० साउन २ गते एक दश वर्षीया बालिकालाई राखावाङदेल गाविसकी-४ का २५ वर्षीय जापान राईले असार २८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितले पीडितलाई फकाउँदै लगेर घर नजिकै मकैबारीमा बलात्कार उजुरीमा उल्लेख छ । उजुरीको आधारमा पीडितको आज स्वास्थ्य परीक्षण गरियो । घट्नापछि आरोपित फरार भएका छन् । स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि आरोपितविरुद्ध मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका असई मनोज यादवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis