Incident Reports

ठाकुरराम क्याम्पसका विद्यार्थीमाथि छुरा प्रहार, १ को अवस्था गम्भीर

2017-12-22

Madhes, Parsa, Birgunj

वीरगञ्जमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार बिहान ०७ः३० बजे छुरा प्रहार भएको हो । छुरा प्रहारबाट वीरगञ्ज-१६, राधेमाई घर भएका यादव गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ । छुरा प्रहारबाट उनको छातीमा गम्भीर चोट लागेको छ । घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि अहिले गण्डक अस्पताल लगिएको छ । आक्रमण कसले गर्यो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । यादवको बिहीबार क्याम्पसका केही विद्यार्थीसँग विवाद भएकाले त्यही समूहले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसको औपचारिक पुष्टि हुन भने बाँकी रहेको छ । प्रहरीले यसबारे छानबिन भइरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Parsa

0 Comments

Related Reports