Incident Reports

अज्ञात पक्षबाट रामेछापमा पूर्व वडा अध्यक्षको हत्या

2017-12-24

Bagmati, Ramechhap, Doramba, Ward 1

दोरम्बा गाउँपालिका-१ डडुवा निवासी साविकको डडुवा गाविस-२ का वडा अध्यक्ष ४८ वर्षीय बाबुराम तामाङको पुस ९ गते राति दोरम्बा गाउँपालिका डडुवामा हत्या भएको छ । दोरम्बा गाउँपालिका-१ डडुवा थापागाउँमा पुस १० गते बिहान तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको शव ढुङ्गाले थिचेर बाँस घारीमा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजेन्द्र थापाले जानकारी दिए । हत्या कसले गर्‍यो भन्ने खुलेको छैन । तामाङ २०५४ सालमा नेकपा एमालेबाट डडुवा गाविस-२ नम्बर वडाको वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । घटनास्थलमा पुस १० गते दिउँसो इन्स्पेक्टर राजेन्द्र थापाको नेतृत्वमा प्रहरी टोली पुगि आवश्यक अनुसन्धान सुरू गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments

Related Reports