Incident Reports

Case of Girl Trafficking Filed

2013-07-19

Darchula/July 19 Dan Singh Dhami, 40, of Latinath VDC-8 has been charged with trafficking of a 17-year-old girl. The case against him was filed at District Court on July 19. According to Inspector Ganesh Bam, the case was filed after preliminary investigation on the basis of the statement of the girl made on July 14. Dhami has been granted 15 days of custody. Dhami is accused of taking the girl to Dharchula in India in the pretext of treatment when she had reached Dharamghar of Khandeshwari on May 22 to collect yarsa. The girl, suffering from illness, had not been able to afford treatment because of her poor financial status. The girl claimed that Dhami forced her to marry an Indian soldier after accepting money from him. Narendra Singh Dhami दार्चुला । ०७० साउन ४ गते एक १७ वर्षीय बालिकालाई बेचबिखन गरेको भन्दै लटिनाथ गाविस- ८ का ४० वर्षीय दानसिंह धामीकाविरुद्ध जिल्ला प्रहरी कार्यालय दार्चुलाले साउन ४ गते जिल्ला अदालत दार्चुलामा मानव बेचबिखन मुद्दा दर्ता गरेको छ । असार २९ गते पीडित बालिकाले दिएको निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी मुद्धा दर्ता गरेको इन्सपेक्टर गणेश वमले जानकारी दिए । प्रहरीले धामीको नाममा १५ दिने म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । जेठ ५ गते खण्डेश्वरीको धरमघरमा यार्सा संकलनको लागि पुगेकी ती बालिकालाई औषधी उपचार गराइदिने बहानामा धामीले भारतको धारचुला पुर्‍याइएका थिए । आर्थिक समस्याका कारण उपचार गर्न नसकेका ती बालिकालाई धामीले एक महिनासम्म उपचार गर्ने नाममा धारचुलामा राखेका थिए । धारचुला कालिकाको बजानी ठाउँका एकजना भारतीय सैनिकसँग विवाह गर्न लगाई आफूलाई बिक्री गर्न खोजेको पीडितले बताइन् । नरेन्द्रसिंह कार्की

0 Comments