Incident Reports

मानव बेचबिखनका आरोपितविरुद्ध मुद्धा दर्ता l

2013-07-19

Narendra Singh Dhami दार्चुला । ०७० साउन ४ गते एक १७ वर्षीय बालिकालाई बेचबिखन गरेको भन्दै लटिनाथ गाविस- ८ का ४० वर्षीय दानसिंह धामीकाविरुद्ध जिल्ला प्रहरी कार्यालय दार्चुलाले साउन ४ गते जिल्ला अदालत दार्चुलामा मानव बेचबिखन मुद्दा दर्ता गरेको छ । असार २९ गते पीडित बालिकाले दिएको निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी मुद्धा दर्ता गरेको इन्सपेक्टर गणेश वमले जानकारी दिए । प्रहरीले धामीको नाममा १५ दिने म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । जेठ ५ गते खण्डेश्वरीको धरमघरमा यार्सा संकलनको लागि पुगेकी ती बालिकालाई औषधी उपचार गराइदिने बहानामा धामीले भारतको धारचुला पुर्‍याइएका थिए । आर्थिक समस्याका कारण उपचार गर्न नसकेका ती बालिकालाई धामीले एक महिनासम्म उपचार गर्ने नाममा धारचुलामा राखेका थिए । धारचुला कालिकाको बजानी ठाउँका एकजना भारतीय सैनिकसँग विवाह गर्न लगाई आफूलाई बिक्री गर्न खोजेको पीडितले बताइन् । नरेन्द्रसिंह कार्की

0 Comments