Incident Reports

पेन्सिल तिखार्न नसकेको आरोपमा छात्रामाथि कुटपिट

2017-12-25

Lumbini, Banke, Nepalgunj, Ward 17

Binod Pande नेपालगञ्ज उपमनपा-१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्यनरत नौ वर्षीया बालिका सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसकेको भन्दै पुस ९ गते शिक्षक कृष्णमुरारी सिंहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कक्षा कोठामा आक्रोशित भएर आएका शिक्षक सिंहले बालिकालाई पेन्सिलको टुप्पो तिखार्न लगाउँदा दुई/तीन पटकसम्म प्रयास गर्दा नसकेपछि गालामा चड्कन लगाउनुका साथै कक्षा कोठाको भित्तामा टाउको ठोकिदिएको पीडित बालिकाले बताइन् । शिक्षक सिंहको कुटपिटबाट बालिकाको गाला सुनिएको छ भने टाउकोमा चोट देखिएको छ । छोरीले पिर्टाई खाएपछि रूँदै घरमा आएर गुनासो गरेकी बावु मुनिर बेहेनाले बताए । पीडित बालिकालाई नजिकको मेडिकलमा उपचार गरी विश्रामका लागि घरमा राखिएको छ । पीडितका बावु मनिरले शिक्षकलाई आवश्यक कारबाहीका लागि विद्यालयका प्रद्यानाध्यापक हृदेशनारायण यादवलाई मौखिक आग्रह गरेका छन् । सहायक जिल्ला शिक्षा अधिकारी गोरख थापाले घटनाको विषयमा कुनै जानकारी नआएको प्रतिक्रिया दिए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments