Incident Reports

मतदान गर्न गएका भण्डारी २० दिनपछि मृत फेला परे

2017-12-07

१६ भेलाही निवासी ५० बर्षीय चेतनाथ भण्डारी मंगलवार स्थानीय एक कुलामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । भण्डारी लामो समय सम्म सम्पर्क नआएपछि मंगलवार प्रहरी र स्थानीयले संयुक्त रुपमा खोजी गर्दा उनको शव फेला परेको हो। भण्डारीले मंसिर २१ गते लहरौरास्थित निमावी लक्षिणपुरवाट मतदान गरेका थिए । नेपाली काँग्रेसका कार्यकर्ता भण्डारी २० दिन पछि मृत फेला परेका हुन । आफन्तहरुले भने मतदान गरेर फर्किदै गर्दा भण्डारीको हत्या भएको भन्दै अनुसन्धान गरि तथ्य सत्य सार्वजनि गर्न माग गरेका छन् । ‘आस्थाकै कारण उहाँको हत्या भएको हुनसक्छ । प्रहरीले अनुसन्धान गरि सत्य तथ्य छिटो भन्दा छिटो सार्वजनिक गर्नुपर्छ ।’ ईप्रका तुलसीपुरमा एकजना आफन्तले भने । तर स्थानीयले भने यसअघि नै उक्त स्थानमा खोजी गर्दा केही फेला नपर्नु र मंगलवार फेरि त्यही स्थानमा शव फेला पर्नु आश्चर्य जनक घटना भएको बताएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear , Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Other Sources

0 Comments

Related Reports