Incident Reports

कारागार झडपमा ६ घाइते

2017-12-28

Bagmati, Makawanpur, Bhimphedi

भीमफेदीस्थित क्षेत्रीय कारागारमा बन्दीकै बीचमा बिहीबार झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ‘ख’ ब्लकका बन्दी र चौकीदारबीच झडप भएको कारागार प्रशासनले जनाएको छ । घाइतेमध्ये दिव्य श्रेष्ठको अवस्था गम्भीर छ । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । चौकीदार रमेशकुमार लामा र अर्को पक्षबीच झडप भएको कारागार प्रशासनले जनायो । लामा पक्षले जेलभित्र सञ्चालित पसलमा शोषण गरेको, बन्दीलाई बोल्न नदिएको, आफ्नो पक्षका बन्दीलाई मात्र नाइके र भाइनाइकेमा भर्ती गरेको आरोप अर्को पक्षले लगाएको छ । दिउँसो १२ बजे चौकीदार लामालगायत अन्य कोठा जाँच गरिरहेको अवस्थामा दुई पक्षबीच झडप भएको थियो । लामा समूहले ६ जना बन्दीलाई दाउरा र चिर्पटले हिर्काएर घाइते बनाएको अर्को पक्षको आरोप छ । ‘ख’ ब्लकमा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएको जेलर चिरञ्जीवी थापाले बताए । ‘ख’ ब्लकमा ३ सय ७१ कैदी–बन्दी छन् । चौकीदार लामा काठमाडौंबाट सरुवा भएर भर्खरै आएका हुन् । आउनेबित्तिकै उनलाई चौकीदारको जिम्मा दिइएकाले पुराना कैदी–बन्दी रुष्ट छन् । उनले जेलमा सञ्चालित पसलमा बजारमूल्यभन्दा महँगोमा सामान बिक्री गरिरहेको आरोप छ । जेलभित्रको पसल र होटलमा चौकीदार हिस्सेदार हुन्छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , INSEC

0 Comments

Related Reports