Incident Reports

खड्कामाथी भएको आक्रमणको चौतर्फी निन्दा, दोषीलाई कारवाहीको माग

2017-12-28

नेकपा एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन दाङ्ग जिल्ला अध्यक्ष बिरवल खड्कामाथी भएको सांघातिक आक्रमणको चौतर्फी बिरोध भएको छ। बिहिबार बिहान बिजौरीस्थित जनता क्याम्पसमा स्नातक तह प्रथमबर्षमा अध्यनरत बिद्यार्थीको स्वागतका लागि आयोजित कार्यक्रम पूर्व नै अनेरास्ववियुका जिल्ला उपाध्यक्ष सर्जन परियार लगायतको समुहले अध्यक्ष खड्कामाथि लुकेर सांघातिक हमला गरेको बिज्ञप्तिमा उल्लेख छ। अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला इन्चार्ज गोपाल घर्ती, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष सन्तोष पोख्रेल, अखिल क्रान्तिकारीकै जिल्ला उपाध्यक्ष जंग रोका, अखिल क्रान्तिकारीका जिल्ला सचिव सुवाष बस्नेत र अनेरास्ववियुका प्रचारविभाग प्रमुख बर्षात भण्डारी, अनेरास्ववियुका जिल्ला अनुशासन विभाग प्रमुख सुशीला केसी लगायतका बिद्यार्थी नेताहरुले बिज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गर्दै दोषीहरुमाथि कारवाहीको माग गरेका छन्। बिद्यार्थी नेताहरुले एमाले जिल्ला नेतृत्वलाई दोषी परियारमाथि अनुशासन तथा सांगठनिक रुपमा कारवाही गर्न माग समेत गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear , Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations UML and affiliated org , UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Dang

0 Comments