Incident Reports

NayaPatrika: Maoist Center leaders misbehaved regarding final PR name list for Provincial Assembly

2017-12-29

Bagmati, Kathmandu, Kathmandu

There has been dissatisfaction in final name selection for Provincial Assembly from Proportional Representation within Maoist Center. Hitman Shakya, Province 3 Incharge and Jhakku Prasad Subedi, Coordinator, have been assaulted regarding the PR list. The leaders of Maoist Center were misbehaved while submitting the final list in Election Commission on Friday evening. Jhanka Parajuli misbehaved with Shakya and Subedi claiming that he was not selected for the Provincial Assembly despite his name being first in the priority list. समानुपातिकतर्फका प्रदेश सभा सदस्यको अन्तिम नाम छनोटप्रति माओवादीभित्र असन्तुष्टि देखिएको छ । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र संयोजक झक्कुप्रसाद सुवेदीमाथि त हातपात नै भएको छ । शुक्रबार अपराह्न निर्वाचन आयोगमा अन्तिम नामावली बुझाउने क्रममा माओवादी केन्द्रीय कार्यालयमा नेताहरूमाथि दुव्र्यवहार भएको हो । समानुपातिक सूचीमा आफ्नो नाम पहिलो नम्बरमा भए पनि अन्तिम समयमा नेताहरूले छनोट नगरेको भन्दै सिन्धुपाल्चोकका झंक पराजुलीले शाक्य र सुवेदीमाथि हातपात गरे । ‘हामी प्रदेश ३ को बैठक सकेर शुक्रबार अपहराह्नतिर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको मजदुर भवनको छतमा घाम तापिरहेका थियौँ,’ संयोजक सुवेदीले भने, ‘झंक पराजुलीजी सरासर आएर हितमानजीको ज्याकेटको कलर समाउनुभयो र मोबाइल फाल्नुभयो । मेरो हातमा भएको डायरी मिल्काउनुभयो । छतको डिलमा हितमानजी र मैले झोला राखेका थियौँ, त्यो पनि भुइँमा फाल्नुभयो ।’ पराजुलीले पहिलो नम्बरमा भएको आफ्नो नाम किन हटाएको भन्दै अपशब्द प्रयोग गरेको सुवेदीले बताए । ‘मेरो पहिलो नम्बरमा भएको नाम हटाएर महेश्वर दाहालकी श्रीमतीको नाम राख्न मिल्छ भन्दै आक्रोशित हुनुभयो । महिला प्रतिनिधित्व ३३ प्रतिशत गराउनुपर्ने भएपछि खस–आर्यबाट १ नम्बर भए पनि समानुपातिकमा आउन सकेन,’ उनले भने । तर, नेता पराजुलीले आफूले अपशब्द नबोलेको र हातपात पनि नगरेको दाबी गरे । ‘हाम्रा नेताहरूले बैठक नै नबसी घाइते, अपांगता, बेपत्ता परिवारलाई नसमेटर नेताकी श्रीमती र छोरी राखेपछि झोक्किएको मात्र हुँ,’ उनले भने, ‘बाहिर आएजस्तो मैले नेताहरूलाई हातपात र अपशब्द केही नबोलेको छैन ।’ नेताहरू अभिभावक नभई परिवारवादमा फसेर समानुपातिक नाम छनोट गरेकाले पार्टीको आधिकारिक निर्णय हेर्न झोला हेरेको उनले दाबी गरे । अरू प्रदेशमा असन्तुष्टि भए पनि प्रदेश ३ को जस्तो बाहिर छताछुल्ल हुन पाएन । माओवादीबाट प्रदेश सभातर्फ समानुपातिकमा नेताको छोराछोरीदेखि श्रीमतीसम्म परेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments