Incident Reports

माओवादी केन्द्रका नेताहरूमाथि हातपात

2017-12-29

Bagmati, Kathmandu, Kathmandu

समानुपातिकतर्फका प्रदेश सभा सदस्यको अन्तिम नाम छनोटप्रति माओवादीभित्र असन्तुष्टि देखिएको छ । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र संयोजक झक्कुप्रसाद सुवेदीमाथि त हातपात नै भएको छ । शुक्रबार अपराह्न निर्वाचन आयोगमा अन्तिम नामावली बुझाउने क्रममा माओवादी केन्द्रीय कार्यालयमा नेताहरूमाथि दुव्र्यवहार भएको हो । समानुपातिक सूचीमा आफ्नो नाम पहिलो नम्बरमा भए पनि अन्तिम समयमा नेताहरूले छनोट नगरेको भन्दै सिन्धुपाल्चोकका झंक पराजुलीले शाक्य र सुवेदीमाथि हातपात गरे । ‘हामी प्रदेश ३ को बैठक सकेर शुक्रबार अपहराह्नतिर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको मजदुर भवनको छतमा घाम तापिरहेका थियौँ,’ संयोजक सुवेदीले भने, ‘झंक पराजुलीजी सरासर आएर हितमानजीको ज्याकेटको कलर समाउनुभयो र मोबाइल फाल्नुभयो । मेरो हातमा भएको डायरी मिल्काउनुभयो । छतको डिलमा हितमानजी र मैले झोला राखेका थियौँ, त्यो पनि भुइँमा फाल्नुभयो ।’ पराजुलीले पहिलो नम्बरमा भएको आफ्नो नाम किन हटाएको भन्दै अपशब्द प्रयोग गरेको सुवेदीले बताए । ‘मेरो पहिलो नम्बरमा भएको नाम हटाएर महेश्वर दाहालकी श्रीमतीको नाम राख्न मिल्छ भन्दै आक्रोशित हुनुभयो । महिला प्रतिनिधित्व ३३ प्रतिशत गराउनुपर्ने भएपछि खस–आर्यबाट १ नम्बर भए पनि समानुपातिकमा आउन सकेन,’ उनले भने । तर, नेता पराजुलीले आफूले अपशब्द नबोलेको र हातपात पनि नगरेको दाबी गरे । ‘हाम्रा नेताहरूले बैठक नै नबसी घाइते, अपांगता, बेपत्ता परिवारलाई नसमेटर नेताकी श्रीमती र छोरी राखेपछि झोक्किएको मात्र हुँ,’ उनले भने, ‘बाहिर आएजस्तो मैले नेताहरूलाई हातपात र अपशब्द केही नबोलेको छैन ।’ नेताहरू अभिभावक नभई परिवारवादमा फसेर समानुपातिक नाम छनोट गरेकाले पार्टीको आधिकारिक निर्णय हेर्न झोला हेरेको उनले दाबी गरे । अरू प्रदेशमा असन्तुष्टि भए पनि प्रदेश ३ को जस्तो बाहिर छताछुल्ल हुन पाएन । माओवादीबाट प्रदेश सभातर्फ समानुपातिकमा नेताको छोराछोरीदेखि श्रीमतीसम्म परेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports