Incident Reports

RJP-Nepal party office vandalised

2017-12-29

Bagmati, Kathmandu, Kathmandu, Ward 11

Party office of Rastriya Janata Party-Nepal was vandalised on Friday, expressing dissatisfaction over the name list of members of provincial assemblies under proportional quota. RJP-Nepal General Secretary Keshav Jha said that former Chairperson of Madhes Civil Servants Federation Binod Kumar Singh, among others, vandalised the Babarmahal-based party office, complaining their names were not incorporated in the list. Tables, chairs, and office signboard were damaged in the incident. Condemning the party office vandalism, Jha said that the party would take action against the guilty. समानुपातिक उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय जनता पार्टी नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालय नै तोडफोड गरिएको छ । शुक्रबार भएको तोडफोडबारे छानबिन गर्न राजपाले उपाध्यक्ष गोविन्द चौधरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउनेछ । दोषी पत्ता लागेपछि कारबाहीको सिफारिस गर्ने समिति सदस्य केशव झाले बताए । राजपाले शुक्रबार निर्वाचन आयोगमा बुझाएको सूचीमा आफ्नो नाम नपरेपछि विनोद सिंहले कार्यालय तोडफोड गरेका हुन् । सिंहको नेतृत्वमा आएका १५–२० जनाले भवनको बोर्ड, झ्यालढोका तोडफोड गरी कुर्सीसमेत फालेका थिए । प्रदेश २ मा समानुपातिकतर्फ राजपाले पाएको १० सिटमा सिंहको नाम परेको छैन । निजामती कर्मचारीबाट राजीनामा दिएका उनको नाम प्रदेश सभामा समानुपातिक सूचीमा थियो । मधेसी निजामती कर्मचारी मञ्चको पूर्वअध्यक्षसमेत रहेका सिंहले नै राजपाको केन्द्रीय कार्यालय मञ्चको भवनमा सारेका हुन् । उनले समानुपातिकमा नाम पार्न सरकारी भवन पार्टीलाई निःशुल्क उपलब्ध गराएका थिए । राजपाले समानुपातिकमा बबिता चौधरी, नीलमदेवी भूमिहारी, अञ्जु कुमारी, पुनम यादव, विभा ठाकुर, डिम्पल झा, रामनरेश राय, जानकीशरण साह, रामप्रवेश बैठा र लैला खातुनको नाम आयोगमा पठाएको छ । डिम्पल राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाकी पत्नी हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Madhes-based Parties , Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments