Incident Reports

राजपा कार्यालय तोडफोड छानबिन गर्न तीन सदस्यीय समिति

2017-12-29

Bagmati, Kathmandu, Kathmandu, Ward 11

समानुपातिक उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय जनता पार्टी नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालय नै तोडफोड गरिएको छ । शुक्रबार भएको तोडफोडबारे छानबिन गर्न राजपाले उपाध्यक्ष गोविन्द चौधरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउनेछ । दोषी पत्ता लागेपछि कारबाहीको सिफारिस गर्ने समिति सदस्य केशव झाले बताए । राजपाले शुक्रबार निर्वाचन आयोगमा बुझाएको सूचीमा आफ्नो नाम नपरेपछि विनोद सिंहले कार्यालय तोडफोड गरेका हुन् । सिंहको नेतृत्वमा आएका १५–२० जनाले भवनको बोर्ड, झ्यालढोका तोडफोड गरी कुर्सीसमेत फालेका थिए । प्रदेश २ मा समानुपातिकतर्फ राजपाले पाएको १० सिटमा सिंहको नाम परेको छैन । निजामती कर्मचारीबाट राजीनामा दिएका उनको नाम प्रदेश सभामा समानुपातिक सूचीमा थियो । मधेसी निजामती कर्मचारी मञ्चको पूर्वअध्यक्षसमेत रहेका सिंहले नै राजपाको केन्द्रीय कार्यालय मञ्चको भवनमा सारेका हुन् । उनले समानुपातिकमा नाम पार्न सरकारी भवन पार्टीलाई निःशुल्क उपलब्ध गराएका थिए । राजपाले समानुपातिकमा बबिता चौधरी, नीलमदेवी भूमिहारी, अञ्जु कुमारी, पुनम यादव, विभा ठाकुर, डिम्पल झा, रामनरेश राय, जानकीशरण साह, रामप्रवेश बैठा र लैला खातुनको नाम आयोगमा पठाएको छ । डिम्पल राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाकी पत्नी हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Madhes-based Parties , Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments

Related Reports